संदेश
सिल्लाचःह्रे
- लिंक पाएं
- X
- ईमेल
- दूसरे ऐप
सिल्लाचःह्रे सनातनी नेपालीले वर्षको विभिन्न तिथि मितिमा विभिन्न सानाठूला चाडपर्वहरु मनाउँदै आएको छ । अधिकांश चाडपर्वहरु तिथिमा मनाउने गर्दछन् भने केही पर्वहरु संक्रान्ति अर्थात १ गते मनाउने गर्दछन् । मिति अनुसार संक्रान्तिमा मनाउँदै आएका पर्वमा बिक्रम संवतको वर्षको पहिलो दिन बैशाख १ गते कर्कत संक्रान्तिका दिन नव वर्ष पर्व र माघ १ गते मकर संक्रान्तिका दिन मकर संक्रान्ति पर्व हुन् । सौरवर्षमा ३६५ दिन हुन्छ भने चान्द्रवर्षमा ३५४ दिन रहेका हुन्छन् । मिति सौरमान अनुसार गणना पर्ने दिनत तिथि: चान्द्रमानका गणना अनुसार आउने तथा घटबढ हुने शृुक्लपक्ष र कृष्णपक्षका कुनै पनि दिन; परेवादेखि औँसी वा पूर्णिमासम्मका दिन हुन् । यसरी सौरवर्ष सौरमान अनुसारत तिथि चा्द्रवर्ष चान्द्रमान अनुसार दिन, घडि,पला र विवपला गणना गरि निकालीएको वर्ष हो । चान्द्रमान अनुसार गणना गरिने चान्द्रवर्षका विभिन्न तिथिहरुमा शास्त्रगत तथा परम्परागत रुपमा मान्दै आएका चाड पर्वहरु वर्षेनी फरक फरक मितिमा अघि वा पछि पर्नुका कारण पनि सौरवर्ष तथा चान्द्र वर्षमा दिन गणनामा फर...