सिल्लाचःह्रे

 सिल्लाचःह्रे

     सनातनी नेपालीले वर्षको विभिन्न तिथि मितिमा विभिन्न सानाठूला चाडपर्वहरु मनाउँदै आएको छ । अधिकांश चाडपर्वहरु तिथिमा मनाउने गर्दछन् भने केही पर्वहरु संक्रान्ति अर्थात १ गते मनाउने गर्दछन् । मिति अनुसार संक्रान्तिमा मनाउँदै आएका पर्वमा बिक्रम संवतको वर्षको पहिलो दिन बैशाख १ गते कर्कत संक्रान्तिका दिन नव वर्ष पर्व र माघ १ गते मकर संक्रान्तिका दिन मकर संक्रान्ति पर्व हुन् । सौरवर्षमा ३६५ दिन हुन्छ भने चान्द्रवर्षमा ३५४ दिन रहेका हुन्छन् । मिति सौरमान अनुसार गणना पर्ने दिनत तिथि:  चान्द्रमानका गणना अनुसार आउने तथा घटबढ हुने शृुक्लपक्ष र कृष्णपक्षका कुनै पनि दिन; परेवादेखि औँसी वा पूर्णिमासम्मका दिन हुन् । यसरी सौरवर्ष सौरमान अनुसारत तिथि चा्द्रवर्ष चान्द्रमान अनुसार दिन, घडि,पला र विवपला गणना गरि निकालीएको वर्ष हो ।

     चान्द्रमान अनुसार गणना गरिने चान्द्रवर्षका विभिन्न तिथिहरुमा शास्त्रगत तथा परम्परागत रुपमा मान्दै आएका चाड पर्वहरु वर्षेनी फरक फरक मितिमा अघि वा पछि पर्नुका कारण पनि सौरवर्ष तथा चान्द्र  वर्षमा दिन गणनामा  फरक भएकै कारण हुन् ।

     सनातनी व्रत उपासनाहरु मध्ये सर्वोत्तम मानिएको महाशिवरात्रि पर्व परेको दिन फागुन कृष्ण चतुर्दशीको (सिल्लागा चःह्रेको) रातलाई " आशुतोष भगवान शिवको उत्पत्ति भएको रात्रिकारुपमा पौराणिक कथाहरुले मान्यत दिई आएको छ । वर्षदिनमा आउने रात्रिहरु मध्यमा  कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रिलाई  पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ । आश्विन शुक्ल सप्तमीको (कौलाथ्व सप्तमीको) रात्रिलाई "कालरात्रि", भाद्र  कृष्णअष्टमीको कृष्णजन्माष्टमीको रातलाई " मोहरात्रि", कार्तिक कृष्ण अौसी(कौलागा आमै) / लक्ष्मी पूजाको रातलाई "सुखःरात्रि"  र फागुन कृष्ण चतुर्दशीको(सिल्लागा चःह्रेको) रातलाई " महाशिवरात्रि" पर्वका रुपमा सनातनीहरुले मान्दै आएका छन् । 

महाशिवरात्रिलाई नेवाः समाजले सिल्लाचःह्रे पर्वका रुपमा मनाउँदै आएको छ ।

      नेवाः समाजले वर्षदिन भित्रमा विभिन्न तिथिमा मान्दै आएका साना ठूला चाडपर्वहरु मध्य केही तिथिका पर्वहरु सन्ध्याकालमा मनाउने गर्दै आफ्नो जाति मौलिक पहिचान दिदै आएको छ । नेवाः समुदायले सन्ध्याकालमा मनाउने गर्दै आएका तिथि चाडपर्वहरु मध्यमा पाहाँचःह्रे तिथिमा सन्ध्याकालमा लुकुमाद्यः पूजा गरेर पर्व मनाएर भोज खाने, सानो म्वहनी नखःका रुपमा रहेको चथाः पर्वमा राती आकाशमा चन्द्रमा उदय भए पश्च्यात मात्र चथाः पूजा गरि चथाः पर्व मान्ने । त्यस्तै नै लक्ष्मी पूजा र म्हपूजा पनि बेलुका मात्र गर्ने परम्परा रही आएको छ ।  यसरी नै बेलुकी मनाउने एउटा पर्व शिवरात्रि( सिल्ला चःह्रे) तिथि पनि एक हुन्  । 

     चान्द्रमान अनुसारको नेपाल संवतको पञ्चाङ्गको बाह्रमासमा अर्थात वर्षभरीमा बाह्र चःह्रे( चतुर्दशी) तिथि पर्व रहेका हुन्छन् । बाह्र चःह्रे तिथिहरु यश प्रकार रहेका छन्  :- १. बालाचःह्रे, २. दिशीचःह्रे, ४. लैचःह्रे, ५. सिलाचःह्रे, ६. पाहाँचःह्रे , ७. मातातिचःह्रे, ८. सिथिचःह्रे, ९. दिल्लाचःह्रे, १०. जुगःचःह्रे, ११. नलास्वनेचःह्रे र १२. स्वन्तिचःह्रे तथा अधिकमास(मलमास/ पूरुषोत्तम महिना)को अनलाचःह्रे । यी बाह्र चःह्रे तिथिहरु मध्यमा मंसीर कृष्ण चतुर्दशी (बछलागा )को बालाचःह्रे, चैत्र कृष्ण चतुर्दशी( चिल्लागा)को पाहांचःह्रे र फागुण कृष्ण चतुर्दशी(सिल्लागा ) को सिल्ला चःह्रे समेतका तिन तिथिहरुलाई विशेष पर्वका रुपमा नेवाः समुदायले मान्दै आएको छ ।

     निलकण्ठ भोलेबाबा उत्पत्ति भएको दिन सिल्लाचःह्रे / महाशिवरात्रिलाई नेवाः समुदायले  सिलाचा’ च्वनेगु" पनि भन्ने गरेको देखिन्छ । "सिलाचा" शब्दलाई खोतलेर हेर्ने हो भने "ला" को अर्थ महिना र "चाः " को अर्थ रात्रि अथवा रातमा जाग्राम बस्ने भन्ने देखिन्छ । शिव उत्पत्ति भएको पवित्ररातमा धुनी जगाई जाग्राम बसेर शिव उपासना गर्न यश दिन बिहान देखि नै युवाहरु चोक चोकमा बसी  बाटोमा आवतजावत गर्ने सबै बटुवाहरुलाई बाटो छेकेर जगाः याने शिवरात्रिको कर लिने गर्छन् । त्यस्त नै  सानासाना नानीहरु पनि पसल पसल र घर घर गएर नेवाः भाषामा गाउदै "महाद्यःया इकुल, गणेद्यःया चिकुल, धर्म दुसा सिँ छका फ्वने हिँ त्यस्तै  सिल्ला चःह्रे .... सिलाचा च्वनेत सिँ निका हिँ, मब्यूसा खवः सिँ तय्, सिलाचा पनेत सिँ निका हिँ, महाद्यःया चिकुल, मब्यूसा खवः स्वाय् काःयने ।"  भन्दै घर घरमा गएर काठ दाउरा माग्न जाने परम्परा रहेको छ । दिनभरी उठाएका जगाःको पैसा राति ठूलठूल्ला मूडा काठहरु ल्याई धुनी जगाए धुनीमा शिव पूजा गरि भुटेको मकै भटमास चढाएर सबैले प्रशाद ग्रहन गर्ने गर्छन् । शिवरात्रिको धुनीमा उखु पोलेर पट्काएर प्रशादका रुपमा खाएमा रोग लागदैनन् भन्ने आस्था र विस्वास समेत रहेको छ । तर आजभोली भने शिवरात्रिमा नेवाःहरु भन्दा गैह्रनेवाः युवा तथा नानीहरु बाटो छेक्दै " शिवरात्रि, महादेव पार्वति, शिवरात्रि, महादेव पार्वति," भन्दै सिलाचःह्रे ( शिवरात्रि)को जगाः उठाउने नाममा सडक बाटो अवरोध गर्दै बटुवा र सवारी चालकहरुलाई हैरानी  दिन्दै बलजफ्ती पैसा उठाएर खाने र नेवाः पर्व संस्कृतिको बदनाम गराउने कार्य गरेको समेत देखिन थालेको छ ।

     महाशिवरात्रिको दिन सनातनीहरु निर्जल व्रत, धुनि जगाएर रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिंगमा दुग्धाभिषेक र शिव महिमा कीर्तन शिवरात्रिको पूजा अर्चनाका गरि पर्व  मानिन्छन् । शिवरात्रि पर्वलाई पर्वहरुको राजा पनि भनिन्छ र शिवरात्रिको पालनाले भोग र मोक्ष दुवैको प्रप्ति हुन्छ भनिन्छ ।  शिवरात्रि पूजामा व्रतकालमा भगवान शिवको ध्यान, पूजन र जप गरिन्छ, जागरण कालमा भक्तको सम्पूर्ण सत्ता जागरणबाट शिवमय बन्दछ । पूजन वा शिवार्चनमा इशान मूर्तिलाई दूधले स्नान गराइन्छ । अघोर मूर्तिलाई दहीले स्नान गराइन्छ, वामदेव मूर्तिलाई घिउले स्नान गराइन्छ, सद्योजात लिंगोद्भवमूर्तिलाई महले स्नान गराइन्छ ।  ।

      माघ महीनामा महादेवको रुद्रत्व अर्थात् जगत्लाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा एवं मिनपचासको चिसोका कारण समेतले पत्रविहीन भई जीर्ण भइरहेका रूख, बिरुवा तथा झार उनै महादेवको शिवत्व ९जगत्को कल्याण गर्ने तत्व०ले गर्दा पलाउन थाल्ने हुनाले फागुनमा शिवरात्रि मनाउने गरिएको हो भन्ने  भनाइ समेत यहाँ रहेको पाईन्छ छ । महाशिवरात्रिका दिन एक हिंसक ब्याधाले दिनभरी कुनै जन्तुको सिकार गर्न नपाएर परिवार भोकैरहेको अवस्थामा बेलको रुखमा चढेर शिकारको प्रतिक्षामा रहँदा अनजानमै शिवलिङ्गमा बेलपत्र चढिएर शिवपूजन हुन गएर हिंसक ब्याधाको हृदय परिवर्तन हुँदै अगाडि आएको शिकारलाई समेत शिकार नगरेको देखेर  शिवजी प्रसन्न  हुनु भई ब्याधाले मोक्ष प्राप्त गरेको पौराणिक कथा समेत रहेको छ ।

     नेपालमा  राष्ट्रिय सांस्कृतिक पर्वका रुपमा मान्दै आएको यस दिन  पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लक्ष्य विल्लपत्र अर्पण गरिन्छ । कैलाशकूट र किराँतेश्वर सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ । महादेवको दर्शन गर्न र  पर्वको मेला भर्न यश दिन देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लाग्छ ।

     यसै दिन शैनिक मञ्च टुँडिखेलमा  सैनिक दिवसका रुपमा बन्दुक पड्काएर  शिवरात्रि बधाई गर्दै शैनिक कौसलताको खेल प्रदर्शन समेत गर्ने सांस्कृति परम्परा रहि आएको छ । हरेक वर्ष महाशिवरात्रिका दिन नेपालमा सेना दिवस मनाउने पर्व रहि आएको छ ।  महाशिवरात्रिका दिन सैनिक दिवस मनाउने शुरुवात सन् १९३५ बाट भएको भन्ने रहेको छ । यश दिन टुँडिखेलमा सेनाले विषेश कार्यक्रम र परेड प्रदर्शन गर्दछ । उच्च आहोदाका सैनिक अधिकारी तथा राष्ट्राध्यक्ष समेतको उपस्थित हुने गर्दछ ।                                            मिति फागुन २७ महाशिवरात्रीका दिन गोपमा शिर्षकमा प्रकाशि 


 #प्रकाशमानशिल्पकार

टिप्पणियाँ